+
+
Shares

हिकास्टले हटायो कृषि विश्वविद्यालयका पदाधिकारीको नाम

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २७ गते १:००

२६ मंसिर, काठमाडौं । सरकारी विश्वविद्यालयका पदाधिकारी नै निजी कलेजका मालिक बनेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि हिमालयन कलेज अफ एगि्रकल्चर साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) ले आफ्नो वेभसाइटबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीको नाम डिलिट गरेको छ ।

सन् २००० मे २५ मा स्थापना भएको हिकास्टले मंगलबार आफ्नो वेभसाइटबाट १५ जना संस्थापक सदस्यहरूको नाम हटाएको हो ।

हिकास्टका संस्थापकमध्ये प्रा. डा. मनराज कोलाक्षपति कृषि विश्वविद्यालयका रजिस्टार र अर्का संस्थापक प्रा.डा. नवराज देवकोटा रिसर्च एण्ड एक्स्टेन्सन निर्देशनालयका निर्देशक रहेको अनलाइनखबरले खुलासा गरेको थियो ।

अनलाइनखबरमा समाचार प्रकाशित भएकै दिन हिकास्टले हिकास्ट डटइडियु डटएनपीको ‘अबाउट अस’ बाट ‘फाउण्डर मेम्बर्स’ शीर्षक डिलिट गरेको हो ।

कलेज सञ्चालनको अनुमति दिने र अनुगमन गर्ने नियामक जिम्मेवारी पाएका विश्वविद्यालयका पदाधिकारीले नै नाफीमुखी कलेज सञ्चालन गर्दा स्वार्थ बाझिने शिक्षा मन्त्रालयका अधिकारीहरुको प्रतिक्रिया आएसँगै विश्वविद्यालयका पदाधिकारीको नाम निजी कलेजको वेबसाइटबाट डिलिट गरिएको हो ।

तर, विश्व विद्यालयका पदाधिकारीको नाम वेबसाइटबाट डिलिटमात्रै गरिएको हो या उनीहरुको सेयर लगानी पनि झिकिएको हो भन्ने खुलेको छैन ।

विश्वविद्यालयका जिम्मेवार पदाधिकारीले नै नीति निर्माण तहमै भ्रष्टाचार गरेर निजी कलेजलाई फाइदा पुर्‍याउँदै आएको तथ्य सार्वजनिक भएपछि अब यसमा अख्तियारको समेत ध्यान जानुपर्ने सरोकारवालाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?