Comments Add Comment

नेपालगञ्जमा राजेशदेखि कमल खत्री गुञ्जने

पुषको मध्य भागमा नेपालगञ्जमा सांगीतिक कार्यक्रम हुने भएको छ । पौष १६ गते नेपालगञ्जमा बलामी इन्टरटेन्मेन्टले कार्यक्रम गर्न लागेको हो । यस्तै, यो इन्टरटेन्मेन्टले सन् २०१९ मा देशभरका ६ स्थानमा म्यूजिकल फेस्टिभल गर्ने बताएको छ ।

नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर म्युजिक फेस्टिभलको आयोजना गर्नलागिएको आयोजक समीर बलामीले बताएका छन् । कार्यक्रममा गायकद्धय राजेशपायल राई, कमल खत्री को साथै सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् ।

हाँस्यकलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई रमाइलो प्रदान गर्नेछन् । कार्यक्रममा आइटम नृत्य समेत प्रस्तुत गरिने बताइएको छ । यो कार्यक्रम हेर्न १५ देखि ६० बर्षसम्मका दर्शक उपस्थित हुने आयोजकको विश्वास छ ।

कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट ब्यबस्था गरिएको छ । भीआइपी दर्शकले २ हजार टिकट काटेर कार्यक्रममा प्रवेश गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment