२७ मंसिर, काठमाडौं । अवैध भारतीय रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय पर्साले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगञ्ज हुँदै एक लाख ७० हजार भारूसहित नेपाल प्रवेश गरेको सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट भारतको बिहार मोतिहारीको चैलाहा थाना- ९ का महमद मैनुल कहलाई पक्राउ गरेको हो ।
मैनुलले कालो झोलामा लुकाएर ल्याएको ३४० थान पाँचसयका नोटसमेत बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4