Comments Add Comment

कांग्रेस महासमिति बैठकस्थलमा सेल्फी प्वाइन्ट

२७ मंसिर, काठमाडौं । यही मंसिर २९ गते तीनदिनसम्म काठमाडौंमा बस्ने नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।

बैठकमा सहभागी हुने सदस्यहरु काठमाडौं प्रवेश गर्ने क्रम सुरू भइसकेको कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बैठकस्थलको समेत तयारी अन्तिम चरणमा पुगेको कांग्रेस केन्द्रीय कार्यालय सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । बैठकस्थलमा सेल्फी प्वाइन्ट र फ्री वाईफाईको व्यवस्था गरिंदैछ ।

सामाजिक सञ्जालका माध्यमबाट पनि पार्टीको प्रचारका लागि सेल्फी प्वाइन्ट र फ्री वाईफाईको व्यवस्था गर्न लागिएको सचिव पराजुलीको भनाइ छ । ‘पार्टीको प्रचारका लागि सेल्फी प्वाइन्ट निर्माण गर्न लागिएको हो । बैठकस्थलमै कांग्रेससंग सम्बद्ध फोटो पनि प्रदर्शन गरिने छ ।’

खर्च कटौती गर्ने प्रयास

बैठकमा खर्च कटौती गर्ने अधिकतम प्रयास गरिएको कांग्रेसले बताएको छ । तीन दिनसम्म संचालन हुने बैठकमा एक करोडभन्दा कम खर्च हुने स्थानीय व्यवस्थापन समितिका संयोजक तथा काठमाडौंका सभापति सरोज बानियाँले दावी गरे ।

साँझको खाना र बस्ने व्यवस्था सहभागी आफैले गर्ने भएकोले खर्च सोचेभन्दा पनि कम हुने संयोजक बानियाँको भनाइ छ । सहभागीलाई विहानको विहान खाजा, खाना र दिउँसो चिया र विष्कुटको व्यवस्था भने हुनेछ ।

सबै खर्च पार्टी केन्द्रको आन्तरिक कोषबाटै हुने संयोजक बानियाँले बताए ।

७ वटा दस्तावेज प्रस्तुत हुने

एक हजार ६०० को सहभातिगा हुने बैठकमा ५ वटा दस्तावेजहरु प्रस्तुत हुनेछन् ।

राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधि, सांगठानिक दस्तावेद महामन्त्री डाक्टर शंशाक कोइराला, विधान संशोधन प्रस्ताव सहमहामनत्री पूर्णबहादुर खड्का, आर्थिक दृष्ट्रिकोण सम्बन्धी प्रस्ताव डा. प्रकाशसरण महत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्ने छन् ।

उद्घाटन सत्र पश्चात प्रस्तुत हुने दस्तावेजको ७ वटा प्रदेशस्तरीय समूहमा छलफल भएपछि मात्रै खुला रुपमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यो बैठकले कांग्रेसभित्र नयाँ ऊर्जा पैदा हुने प्रवक्ता शर्माको दावीसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment