+
+

इन्जिनियर्स एशोसियसनको चुनाव आज, प्रगतिशील र लोकतान्त्रिक समूह प्यानलसहित प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते ८:०२

२८ मंसिर, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियन (एनईए)को नयाँ नेतृत्व चयन आज हुँदैछ । नयाँ नेतृत्वको लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रज्ञा भवन कमलादीमा बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व प्रा.डा. त्रिरत्न बज्राचार्यले र लोकतान्त्रिक समूहको नेतृत्व ई.प्रा.हिरेन्द्रमान प्रधानले गरेका छन् ।

३२ औं कार्यकारिणी समिति र सातवटै प्रादेशिक कार्यकारिणी समिति चयनका लागि मतदान हुनेछ । केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६-१६ जना चुनिनेछन् । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि दुई वर्ष हुन्छ ।

प्रगतिशील र लोकतान्त्रिक दुवै समूहले व्यवसायिक हकहितका एजेण्डा उठाएका छन् । लोकतान्त्रिक समूहको घोषणापत्रमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, सम्मानजनक रोजगारी, सेवा सुविधा र क्षमता अभिवृद्धि लगायतका विषयहरु छन् ।

चुनावलाई स्वच्छ, निस्पक्ष बनाउने उद्देश्यले मतदानस्थलमा मोबाइल लैजान र फोटो खिच्न निषेध गरिएको छ । एशोसिएसनबाट वितरण गरिएको परिचयपत्र नक्कली बनाउन सकिने भएकाले आफ्नो परिचय खुल्ने अन्य सरकारी परिचय पत्र पनि साथमै लिएर जानुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?