२७ मंसिर, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएशनको ३२ औं कार्यकारिणी समिति चयनका लागि शुक्रबार मतदान हुँदैछ । मतदानका बेला रेजा लगाउने स्थानमा क्यामेरा र मोवाईल लैजान निषेध गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचिन समितिले केन्द्र र प्रदेश समितिको निर्वाचनमा मतदानका लागि जाउँदा एसोसियसनको परिचयपत्र र सरकारबाट जारी तस्वीर सहितको परिचय पत्र साथमा राख्नुपर्ने निर्देशन दिएको छ ।
केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा लोकतान्त्रिक समूहको नेतृत्व ई.प्रा.हिरेन्द्रमान प्रधान र प्रगतिशील समूहको नेतृत्व प्रा.डा. त्रिरत्न बज्राचार्यले गरेका छन् ।
प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार प्रा. बज्राचार्य इन्जिनियरिङ अध्ययन संस्थानका डीन हुन । यो समूहबाट उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सह–कोषाध्यक्षमा चाँदमाला श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
प्रगतिशीलबाट सदस्यहरूमा प्रताप सापकोटा, छविलाल लामिछाने, शिव चापागाई, दिलिपकुमार विश्वकर्मा, टेकबहादुर कटुवाल, दिपेन्द्र जम्मकट्टेल, ज्ञानेन्द्रप्रसाद कलौनी, गजेन्द्रकुमार झा, चक्र चुडामनि भट्ट, रोशन भट्टरार्य, अनिल नेपाल र सुगन्ध सुवेदी उम्मेदवार छन् ।
लोकतान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका प्रा. प्रधान राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन । लोकतान्त्रिकतर्फको उपाध्यक्षमा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युला सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपील केसी र सह–कोषाध्यक्षमा जानुका थापा उम्मेदवार छन् ।
यस्तै सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्यबहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, जोतिमाणि भट्टराई, भेषराम पोखरेल, उमेशप्रसाद चौधरी, सदर्शन भण्डारी र दिनेश अर्याल लोकतान्त्रिकतर्फबाट सदस्यका उम्मेदवार छन् ।
कसको मुद्दा बलियो ?
शुक्रबार हुने निर्वाचनमा दुबै पक्षले आफ्नो समूह विजय हुने दाबी गरिरहेका छन् । लोकतान्त्रिक समूहका अध्यक्षका प्रत्यासी प्रधान प्रदेशदेखि केन्द्रसम्म आफ्नो पक्षका अत्याधिक उम्मेदवार विजयी हुने बताउँछन् । प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार ब्रजाचार्य पनि इन्जिनियरहरूले आफ्नो समूहलाई विजय बनाउनेमा ढुक्क रहेको बताउँछन् ।
प्रगतिशील समूह :
–आम इन्जिनियरहरूको हक, हितको संरक्षण
–पेशागत क्षमता अभिवृद्धि
–इन्जिनियरहरूको रोजगार प्रवद्र्धन
–इन्जिनियरिङ सम्बन्धी विभिन्न नीतिगत सुधारहरू
–सहकार्य र समन्वय
–गुणस्तरीय इन्जिनियरिङ शिक्षा
–एसोसियसनको प्रदेश भवन निर्माण र जिल्लाहरूमा सम्पर्क कार्यालय स्थापना
–इन्जिनियरिङ स्टाफ कलेज स्थापना
–सामूहिक विमाको व्यवस्था
–नेपाली कम्पनीलाई विशेष प्राथमिकता दिन पहल गरिने ।
लोकतान्त्रिक समूहः
–इन्जिनियरसम्बन्धी छुट्टै ऐनको व्यवस्था
–प्रावधिक विश्वविद्यालय स्थापना
–विश्वस्तरीय तालिमको व्यवस्था
–इन्टर्नसीप र उद्यमशीलतालाई प्रवर्द्धन
–विश्वविद्यालय र उद्योगीवीच समन्वय
–एनईए–केन्द्रको स्थापना
–ज्ञान तथा क्षमता हस्तान्तरण
–भ्रष्टाचार र अनियमितताको अन्त्य
–विश्वस्तरीय इन्जिनियरिङ शिक्षा
–नेपाली जनशक्तिको अत्याधिक प्रयोग
(दुबै पक्षको माग अध्यक्षका प्रत्यासीद्वय प्रधान र बज्राचार्यसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया 4