Comments Add Comment

अर्जुनको पत्रकारलाई प्रश्न–‘मेरो एल्बम रिलिज हुँदा तपाईंहरु आउनुहुन्छ ?’

संगीतकार अर्जुन पोखरेल अहिले चर्चामा छन् । उनले संगीत भरेका गीतसंगीतले राम्रो चर्चा बजारमा पाइरहेका छन् । उनै अर्जुन बिहिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा केहि कडा देखिए । नायक अनमोल केसीलाई ‘मेघास्टार’ भनिएको बिषयमा विवाद भएपछि अर्जुनले पत्रकारको अघि यस बिषयमा मुख खोले । यसरी मुख खोल्ने क्रममा उनले पत्रकारलाई प्रश्न पनि गरे ।

अर्जुुनले भने–‘तपाइहरु आज यो हलमा यति धेरै हुनुहुन्छ, यस्तो भीड मैले आजसम्म देखेको थिइनँ । तपाइहरु यति धेरै किन आउनुभएको ? नायक अनमोल केसीको भिडियो युटुबमा भ्यूज धेरै जान्छ भनेर होइन त ?’

अर्जुनले अगाडि थप्दै भने–‘मैले पनि धेरै कार्यक्रम आयोजना गरेको छु । मेरो एल्बम विमोचनमा तपाइहरु किन आउनुहुन्न ? किनकी तपाइहरुलाई थाहा छ युटुबमा भ्यूज जाँदैन । तपाइहरुको यो उपस्थिती र चासोले पनि थाहा हुन्छ अनमोलको क्रेज कस्तो छ ।’

अर्जुनले एल्बम बिमोचन र अन्य चलचित्रको कार्यक्रममा पत्रकारको उपस्थिती कम हुने गरेकोमा गुनासो व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment