Comments Add Comment

रौतहटमा ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर, रौतहट । रौतहटको कटहरीया नगरपालिकामा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाएर सम्मान गरेका छन् ।

अनुगमनका लागि रौतहटका आएका मन्त्री पुनलाई कटहरीया नगरपालिकाले १०१ किलो र स्वर्णकार समाज रौतहटले पनि १०१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

नारायणी नहर, बकैंया बाध, पतौरा शवस्टेसन तथा मौलापुरमा विधुत शाखाको निरीक्षण गरेर मन्त्री पुन कटहरीया बजारको जनसभामा सहभागी भएका थिए ।

स्थानीयले फूलमालाले स्वागत गरेपछि मन्त्री पुनले रौतहटका दुई ठूला नदी बाग्मती तथा बकैयामा क्षतीग्रस्त रहेका बाँधको काम तत्काल सुरु गराउने बताएका छन् ।

हरेक वर्षामा बाढीको त्रास खेप्ने स्थानीयले लगाइदिएको सयौं किलोको माला र सम्मानलाई आफूले कामको भारी र जिम्मेवारीको रुपमा लिएको मन्त्री पुनले बताएका छन् ।

मन्त्रालायको कागजी प्रतिवेदनमा नारायणी सिंचाइ आयोजनाको नहरले रौतहका किसानलाई सिंचाइको सुविधा पुर्‍याएको भने पनि रौतहटमा रहेको सो नहरमा वर्षौदेखि एक थोपा पानीसमेत नआएको देख्दा आफूलाई दुःख लागेको उनले बताए ।

सिंचाइका लागी नहरमा पानीको व्यवस्थापन गर्न सम्बन्धित कार्यालयलाई खटाउने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment