Comments Add Comment

म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो, जेसुसले गरे २ गोल

१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आफ्नै घरेलु मैदानमा सिटीको जितमा ग्राबियल जिससले दुई र रहिम स्टर्लिङले एक गोल गरे । त्यस्तै एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल गर्न सफल भए ।

खेलको २२औं मिनेटमा गोल गर्दै जेसुसले सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो ।

खेलको ५० औं मिनेटमा जिसुसले अर्को गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याएका थिए । खेलको ६९ औं मिनेटमा सिटीका लागि स्टर्लिङले गोल गर्दै खेल ३–१ गोलअन्तरले जित दिलाए ।

जितसंगै सिटीले लिभरपुललाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । सिटीले १७ खेलबाट ४४ अंक बनाएको छ । पराजित भएको एभर्टनको भने २४ अंक रहेको छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको ४२ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment