Comments Add Comment

श्रीलंकामा विक्रमासिंघे फेरि बने प्रधानमन्त्री

१ पुस, काठमाडौं । श्रीलंकामा जारी राजनीतिक उतारचढावका बीच रनिल विक्रमासिंघे फेरि प्रधानमन्त्री बनेका छन् ।

उनले आइतबार सपथ लिएका छन् । यससँगै श्रीलंकामा जारी राजनीतिक संकट समाप्त हुने अनुमान छ ।

विक्रमासिंघेलाई गत अक्टोबरमा प्रधानमख्न्त्रीबाट हटाइएको थियो । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले विक्रमासिंघेलाई फेरि प्रधानमन्त्री नबनाउने प्रण गरेका थिए तर, अचानक बदलिएको घटनाक्रमसँगै उनी प्रधानमन्त्री बनेका छन् ।

सिरिसेनालाई अस्थायी बजेट लागू गर्न १ जनवरीमा संसदको सहमति लिनुपर्नेछ ।

त्यसैले उनले आफ्नो अडान परिर्वतन गरेका हुन् ।

अक्टोबर अन्त्यमा राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट हटाएका थिए । त्यसपछि उनका राजनीतिक प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्री बने ।

तर, उनीसँग संसदमा बहुमत थिएन । सिरिसेनाले संसद भंग गर्दै आम चुनावको घोषणा गरे तर, अदालतले त्यसलाई रोक लगाएपछि राजनीतिक संकट सुरु भयो ।

बजेटका कारण सरकार ठप्प हुने अवस्था आएपछि राजापाक्षेत्रले शनिबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

रनिल विक्रमासिंघेले श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएको यो पाँचौं पटक हो । तर, अहिलेसम्म उनले एक पटक पनि कार्यकाल पूरा गर्न पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment