Comments Add Comment

बुटवलमा मुख्यमन्त्री कप खुल्ला ब्याडमिन्टन सुरु, १२० खेलाडीहरु प्रतिस्प्रर्धामा

१ पुस बुटवल । रुपन्देहीको बुटवलमा मुख्यमन्त्री कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम प्रदेश ५ स्तरीय मुख्यमन्त्री कप तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ को प्रदेश ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरे ।

उनले मनमुटाव मेटेर भाईचारा बढाउन खेल सहयोगी सिद्ध हुने तथा स्वस्थ्य र अनुशासित जीवनको बाच्ने नारालाई साकार गराउन सकिने उनले बताए । कुलतमा फस्नबाट युवाहरुलाई रोक्नसमेत खेलको महत्व रहेको उनले बताए ।

प्रदेश सरकार खेल क्षेत्रको विकास र प्रवर्द्धन गर्ने गरी आवश्यक नीति निमार्णमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा क्लबका अध्यक्ष रमेशबहादुर थापाले एक दशकअघि ब्याडमिन्टन खेलमा अग्रसर रहेका खेलप्रेमीहरुको अगुवाईमा स्थापना भएको क्लबले निरन्तर प्रतियोगिताहरु गरेर खेलाडी उत्पादन भएको बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवललाई सबै हिसाबले हब र पाच नम्बर प्रदेशको केन्द्र बनाउने लक्ष्यसहित नीजि क्षेत्रलाई समेत समेटेर योजना बनाईरहेको बताए ।

१२० खेलाडीहरु प्रतिस्प्रर्धामा

प्रदेशस्तरको मेन्स सिगल, डबल्स, मेन्स भेट्रान्स र खुल्ला रुपमा मेन्स डबल्स गरी ४ विद्यामा खेलाईने प्रतियोगितामा देशभरिका विभिन्न क्लब र विभागीय गरी १२० टिमका खेलाडीहरुले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको खुलातर्फ राष्ट्रियस्तरको आठौ रेकिङ्गमा परेका १६ जना खेलाडीबाहेकले मात्र भाग लिने छन ।

प्रतियोगिताको मेन्स सिंगलतर्फ उपाधि विजेताले नगद ३० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितीयले नगद २० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतीय दुई टिमले समेत १० हजार प्राप्त गर्नेछन ।

यसैगरी मेन्स डबल्सतर्फ उपाधि विजेताले नगद ५० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितियले नगद ३० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतीय दुई टिमले समेत २० हजार प्राप्त गर्नेछन् ।

यसैगरी मेन्स भेटान्सतर्फ उपाधि विजेताले नगद ३० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितीयले नगद २० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतीय दुई टिमले समेत १० हजार प्राप्त गर्नेछन ।

मेन्स डबल्स खुल्लातर्फ उपाधि विजेताले नगद ५० हजार, कप, प्रमाणपत्र र मेडल, द्धितीयले नगद ३० हजार, कप, प्रमाणपत्र, मेडल तथा तृतीय दुई टिमले समेत २० हजार प्राप्त गर्नेछन ।

क्लबका सचिव शम्भु भट्टराईले यस जिल्लामा विद्यालयस्तरको प्रतियोगिता संचालन गरेर खेलाडी पहिचान र छनौट गरी निःशुल्क तालिमहरु समेत दिने काम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment