Comments Add Comment

बिहे गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

२ पुस, बर्दिवास । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिबास नगरपालिका ४ माइस्थानका रविशंकर क्याप्छाकी मगरलाई पक्राउ गरेको हो ।

मगरले बिवाह गर्ने प्रलोभन देखाएर राति जंगलमा लगेर १४ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरीएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । ती बालिकालाई शनिबार साँझ युवकले जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment