Comments Add Comment

पर्थ टेष्टः भारतमाथि अष्ट्रेलियाको जित

३ पुस, काठमाडौं । पर्थ टेष्टमा अष्ट्रेलियाले भारतलाई १४६ रनले हराएको छ । यससँँगै चार टेष्ट म्याचको सिरिजमा १–१ को बराबरी भएको छ ।

अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य पछ्याएको भारत १४० रनमै अलआउट भयो ।

५ विकेटको क्षतिमा बनाएको ११२ रनबाट पाँचौं दिनको खेल थालेको उसले थप २८ रन जोड्दा बाँकी ५ विकेट गुमायो । हनुमा विहारी २८, रिशव पन्त ३०, उमेश यादव २ रनमा आउट हुँदा इशान्त शर्मा र जसप्रित बुम्राले खाता नै खोल्न सकेनन् । मिचेल स्टार्क र नाथन लायनले ३–३ विकेट लिँदा जोस ह्याजलउड र पेट कोमिन्सको नाममा २–२ विकेट रह्यो ।

पर्थमा घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा ३२६ रन र दोस्रो पारीमा २४३ रन बनाएको थियो । भारतले भने पहिलो पारीमा २८३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment