Comments Add Comment

ईपीएल क्वालिफायर : काठमाडौंद्वारा ललितपुरलाई १०९ रनको चुनौती

३ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि काठमाडौं किंग्स इलाभेनले ललितपुर प्याट्रिएटसलाई १०९ रनको सामान्य चुनौती पेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएपछि

ललितपुरले सामान्य लक्ष्य पाएको हो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले ३२ रन बनाए । उनले २० बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

काठमाडौंका लागि सागर पुनले २९ रन बनाए । उनले ३० बलमा एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै, सिद्धान्त लोहनीले १६ रन बनाए ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितपुरका पवन सर्राफले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १३ रन खर्चेर तीन विकेट लिएका थिए । त्यस्तै, योगेन्द्रसिंह कार्कीले पनि तीन विकेट लिए । यता, सन्नी पटेलले पनि दुई विकेट लिन सफल भए ।

ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहंदा लिगको दोस्रो स्थानमा रहंदै काठमाडौंले क्वालिफायर्स राउण्डमा स्थान बनाएका थिए ।

यो राउण्डमा जित्ने टिम फाइनल प्रवेश गर्ने छ भने पराजित टिमले इलिमिनेटर राउण्डको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । इलिमिनेटरमा भने भैरहवा ग्लाटिएटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने भएको हो । यो खेल बुधबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment