Comments Add Comment

कसले चढ्ला मिस पूर्वाञ्चलको स्कुटी ?

३ पुस, धरान । पूर्वी नेपालको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगिता रुपमा हेरिएको ‘नेपाल आइस मिस पूर्वाञ्चल’ को नवांै संस्करण का लागि १४ प्रतिस्पर्धीहरु छानिएका छन् ।

अनलाइन तथा एसएमएसबाट लिइएको आवेदनका आधारमा धरानमा आयोजित अडिसनबाट उनीहरु छनोटमा परेका हुन् ।

मिस पूर्वाञ्चलको नवौं संस्करण आगामी पुस १४ गते शनिबार धरानस्थित होटल इजी राइडर्सको प्राङगणमा हु“दैछ ।

गत बर्ष झै“ यो बर्ष पनि बिनाअडिसन मिस उर्लाबारी र मिस इटहरीलाई प्रतिस्पर्धाका लागि सोझै प्रवेश गराइएको छ । मिस इटहरी–२०१७ की तपस्या रनपाइली, मिस उर्लाबारी २०१७ की रुसाली केसीले प्रतिस्पर्धामा प्रवेश पाउनेछन् ।

नवौं संस्करणका लागि छानिएका प्रतिस्पर्धीहरुमा धनकुटाबाट प्रजिता तामाङ, स्वस्तिका बिसुंखे, मोरङ उर्लाबारीकी सबिना पोदार, सुनसरी तरहराकी तुलशा पोख्रेल र झापा भद्रपुरकी पूजा श्रेष्ठ र बिर्तामोडकी सलिना राजबंशी छन् ।

त्यसैगरी संखुवासभाबाट सोनेता दाहाल, धरानबाट आकृति आचार्य, एजिना राई, अनिला क्षेत्री, सुचित्रा कार्की र बिराटनगरबाट मोनिका रेग्मीले यो बर्षको मिस पूर्वाञ्चल २०१८ मा प्रतिस्पर्धा गर्नेछन् ।

कम्तिमा १२ कक्षा पढ्दै गरेका युवतीहरु सहभागी गराइने नेपाल आईस नेचुरा ‘मिस पूर्वाञ्चल’को नवौं संस्करणका लागि अनलाइन तथा एसएमएस बाट सयभन्दा बढीको आवेदन आएको आयोजकले जानकारी दिए ।

अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिस“गै यामाहाको स्कुटी र हंगकंग भ्रमणको अवसर दिइने आयोजकले जनाएका छन् ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अपलाई क्रमसः एक लाख र ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टी मिडिया, मिस इन्टलेक्चुअल, फेस अफ डिभाइन, भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विधामा प्रतियोगीहरुलाई १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि अहिलेसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङले पाएका छन् । त्यसैगरी सन् २०१३ मा नेहा बजाज, २०१४ मा नेमिता आङबुहाङ, २०१५ मा प्रियङका श्रेष्ठ, २०१६ मा कृतिका गिरी र २०१७ मा रुबी लिम्बुले जितेका थिए ।

अडिसनबाट छानिएका प्रतियोगीलाई प्रशिक्षण दिने काम भइरहेको आयोजकले जनाएका छन् । प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेसन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवाक लगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइनेछ ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सचेतना, पर्यटन, सामाजिक सचेतना सद्भाव जगाउने कार्यक्रमहरुमा यस वर्ष पनि संलग्न गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment