Comments Add Comment

लुम्बिनी एक्स्पोको तयारी पूरा

३ पुस, बुटवल । बुटवलमा संचालन हुने लुम्बिनी एक्स्पो २०१८ अन्तर्राष्ट्रिय ब्यापार मेलाको तयारी पूरा भएको छ ।

स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म ब्यापार बिस्तार भन्ने मूल नाराका साथ आगामी पुस ५ गतेदेखि १८ गतेसम्म मेला हुदैछ ।

आयोजक रुपन्देही ब्यापार संघले मंगलबार पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जनाएको छ ।

बुटवल मण्डपमा सञ्चालन हुने मेलामा ६ सय बढी स्टल रहने र नेपाल लगायत बिदेशमा उत्पादित वस्तुहरुको समेत प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । स्वदेशी उत्पादनका ५ सय बढी स्टरका साथै अन्तर्राष्ट्रिय स्तरका ३० स्टल बुक भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पदम श्रेष्ठले १० लाख दर्शकले मेलाको अवलोकन गर्ने र ४० करोडको कारोबार हुने दाबी गरे ।

मेलामा डान्स आइडल, राष्ट्रिय स्तरको खुला पुरुष भलिवल प्रतियोगिता, पर्यटन, कृषि, व्यवसायिक सचेतना गोष्ठी, फोटो प्रदर्शनी र चित्रकला प्रतियोगितासमेत हुनेछ ।

एक्स्पोको पूर्वसन्ध्यामा पुस ४ गते मेलास्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म, समुदायको लोक संस्कृति झल्किने खालका झाँकीसहित जनचेतनामूलक र्‍यालीले बुटवल बजार परिक्रमा गर्नेछ ।

मेलाको आकर्षणका लागि सन १८७१ मा नेपाली सेनाले अंग्रेज सेनामा माथि बिजयी हासिल गरेको जितगढी किल्लाको प्रतिक मेलामा बनाइएको छ ।

नेपाली सेनाको सहयोगमा तयार पारिएको किल्लामा तत्काल प्रयोग भएका हतियारका प्रतीकसमेत राखिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment