६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको पर्सि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिने भएका छन् ।
अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका छन् । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् ।
‘सम्भवतः पर्सि अध्यक्षद्वयले जवाफ दिनु हुनेछ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4