Comments Add Comment

कांग्रेसमा पदाधिकारी विवाद मिल्यो, ७ सहमहामन्त्रीमा आरक्षण

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका हुन् ।

अब उपसभाति र महामन्त्री २/२ जना हुनेछन् भने सहमहामन्त्री ७ जना रहनेछन् ।

१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।

नेताहरुका अनुसार समहामन्त्रीमा आरक्षण हुनेछ । महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु र मुस्लिम कोटाबाट ७ जना चुनिनेछन् ।

संविधानमा आरक्षणको ८ क्लस्टर रहेकोमा कांग्रेसले पिछडिएको क्षेत्र तथा अल्पसंख्यकलाई हटाएको छ ।

अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २/२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । बिहीबार उनले उपसभापति र महामन्त्री एक-एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाँ सहमति जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment