Comments Add Comment

फिफा वरियतामा नेपालको एक स्थान सुधार

६ पुस, काठमाडौं । विश्व फुटबल बरीयतामा नेपालले एक स्थान सुधार गर्दै १६१ औं स्थानमा उक्लिएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको बरीयतामा नेपालले एक एक स्थान सुधार गरेको हो । यसअघि नेपाल १६२ औं स्थानमा रहेको थियो ।

फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो स्थानमा रहंदा इंग्ल्यान्ड पाँचौ स्थानमा छन् । त्यस्तै, पोर्चुगल छैटौ, उरुग्वे सातौ, स्वीटजरल्यान्ड आठौ, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छन् ।

दक्षिण एसियाका राष्ट्र भारत ९७ औं स्थानमा हुदा माल्दिभ्सभने १५२ औं स्थानमा रहेको छ । त्यस्तै, भुटान १८६ औं स्थानमा, बंगलादेश १९२ औं स्थानमा रहँदा पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment