Comments Add Comment

भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधारः प्रचण्ड

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले मुलुकको भुगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताएका छ ।

अध्यक्ष प्रचण्डलेे तिनै भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सके मात्रै पनि नेपाल विश्वसाम गर्व गर्न लायक राष्ट्र बन्ने दावी गरे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विभिन्न समुदायले आफ्नो सांस्कृतिक पहिचानबाट समृद्धि खोज्ने प्रयास गरिरहेकोमा खुसी व्यक्त गरे ।

हाम्रा परापूर्व कालदेखिका ज्ञान, हावापानी र भूगोल विश्वलाई नेपाल चिनाउन र समृद्ध बनाउन उपयोगी हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले मुलुकको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि साँस्कृतिक सम्पदाहरुको पहिचानको खोजी गर्नु आवश्यक रहेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment