Comments Add Comment

चेल्सी आफ्नै मैदानमा पराजित

८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत शनिबार राति भएको खेलमा चेल्सी आफ्नै मैदानमा पराजित भएको छ । चेल्सीलाई लेस्टर सिटीले १-० ले हराएको हो ।

जेमी भर्डीको गोलमा लेस्टर सिटी विजयी बन्यो । भर्डीले दोस्रो हाफमा ५१ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितपछि १८ खेलबाट २५ अंक बटुल्दै लेस्टर नवौं स्थानमा उक्लिएको छ । चेल्सीको १८ खेलबाट ३७ अंक छ र ऊ अंक तालिकाको चौथो स्थानमा छ ।

शनिबार राति नै भएका अन्य खेलमा आर्सनलले बर्नलीलाई ३-१ ले हराएको छ ।

साउथहृयाम्पटनले हडर्ल्सफिल्डलाई ३-१ ले हराउँदा ब्राइटनविरुद्ध बोर्नमाउथ तथा वेष्ट हृयामविरुद्ध वाट्फोर्ड समान २-० ले विजयी बने । फुलहृयाम र न्युक्यासलले भने गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment