Comments Add Comment

टी ट्वान्टी वरियतामा सोमपाल र बसन्तको सुधार, पारस तल

८ पुस, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय टी ट्वान्टी वरियतामा तल झर्दा बसन्त रेग्मी र सोमपाल कामीले भने सुधार गरेका छन् ।

पारस टी ट्वान्टी ब्याटिङको वरियतामा ९७ औँ स्थानमा र अलराउण्डर वरियताको ४२ औँ स्थानमा छन् । पारस यसअघि ब्याटिङ वरियताको ९५ औँ स्थानमा थिए भने अलराउण्डरको ४१ औँ स्थानमा थिए ।

यस्तै सोमपाल बलिङ वरियताको ९२ औँ स्थानमा र अलराउण्डर वरियताको ६४ औँ स्थानमा छन् । यसअघि सोमपाल बलिङ वरियताको ९३ औँ स्थानमा र अलराउण्डरको ६४ औँ स्थानमा नै थिए ।

बसन्त बलिङ वरियतामा ७४ औँ स्थानमा छन् । पहिले ७५ औँ स्थानमा रहेका उनले एक स्थान सुधार गरेका हुन् ।

वरियतामा ब्याटिङको शीर्षमा पाकिस्तानका बाबर आजाम छन् । दोस्रोमा न्युजिल्याण्डका कोलिन मुन्रो, तेस्रोमा अस्ट्रेलियाका आरोन फिन्च, चौथोमा वेस्ट इन्डिजका इभिन लुइस र पाकिस्तानका फकर जमान पाँचौमा छन् ।

बलिङमा अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । यस्तै दोस्रोमा पाकिस्तानका सादब खान, तेस्रोमा भारतका कुलदिव यादव, चौथोमा इंग्ल्याण्डका अदिल रसिद र पाँचौमा अस्ट्रेलियाका आदम जम्पा छन् ।

अलराउण्डरको शीर्षमा अस्टे«लियाका ग्लेन म्याक्सवेल, दोस्रोमा बंगलादेशका सकिब अल हसन, तेस्रोमा अफगानिस्तानका मोहम्मद नाबी, चौथोमा बंगलादेशका महमुदुल्लाह र पाँचौँमा दक्षिण अफ्रिकाका जेपी डुमिनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment