+
+

कमल थापा भन्छन् : हिन्दू राष्ट्रका लागि फागुन दोस्रो सातादेखि आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते ३:३०

१० पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने भएको छ । अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनले सो आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दैै अध्यक्ष थापाले सो आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई पनि आह्वान गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको छ । अध्यक्ष थापाले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?