+
+

माओ दिवसमा विप्लवका विद्यार्थीको र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते १६:५३

११ पुस, बुटवल । १२६ औं माओ दिवसको अबसरमा बुटवलमा र्‍याली निकालिएको छ । विप्लव समूहको निकटको अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बुटवलको राजमार्ग चौराहाबाट प्लेकार्डसहित सुरु भएको र्यालीमा प्राथमिक तहका विद्यार्थी पनि सहभागी थिए ।

विरोध प्रदर्शनमा स्कुल कलेजका कलिला विद्यार्थीहरु विद्यालय पोशाकमै सहभागी थिए । बाक्लो सुरक्षा घेराका बीच भएको प्रदर्शनसहितको र्यालीले बुटवल बजार परिक्रममा गर्दै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य भेषराज भुसाल, अखिल क्रान्तिकारी संगठन केन्द्रीय अभ्यक्ष चिरञ्जिबी ढकाल, अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र बिक, नेकपा रुपन्देहीका इन्चार्ज संगम पुन लगायतले सरकार दलालहरुको भन्दै यसबाट नेपाली जनताले मुक्ति नपाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?