Comments Add Comment

संसदमा सत्ता र प्रतिपक्षको जुहारी, प्रधानमन्त्रीले नै भ्रम छरेको देउवाको आरोप

११ पुस, काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै सरकार र प्रमुख विपक्षीबीच जुहारी चलेको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको पूर्वाधार निर्माण गरेको भन्दै सरकारको बचाउ गरेका छन् भने विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार शान्ति सुरक्षा दिन असफल भएको टिप्पणी गरेका छन् ।

मास्क लगाउने जनता घटे

निकै लामो सम्बोधन गरेका प्रचण्डले सरकारको बचाउ गरे । एक समय सपना जस्तो रहेको चीन र भारतको रेल अब विपना हुने सुनिश्तित भएको र विकास तथा समृद्धि निर्माणको पूर्वाधार बनाउको भन्दै उनले सरकारको बचाउ गरे ।

वर्षा अगाडिसम्म जताततै मास्क लगाएर हिँडेको देखेको र मास्क लगाउनु बाध्यता जस्तो देखिएको भन्दै उनले भने, ‘अहिले मास्क लगाउने जनसंख्या घटेको देख्छु ।’

संविधान कार्यान्वयन सत्ता र प्रतिपक्ष दुबैको जिम्मेवारी भएको भन्दै उनले संविधान कार्यान्वयनका क्रममा ऐन कानुन बनाउन सहमति र सहकार्य आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले नै भ्रम छरेको देउवाको आरोप

प्रचण्डपछि बोलेका प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवाले सरकारको चर्को आलोचना गरेका छन् । समस्या पर्ला भनेर प्रचण्डले राम्रो कुरा मात्र गरेको भन्दै उनले भने, ‘शान्ति सुरक्षाको अवस्था के छ भन्ने सबैलाई थाहा छ ।’

निर्मला हत्याकाण्डमा दोषीहरुलाई सरकारले नै बचाउने खोजेको हो कि भन्ने आशंका उनले छ । हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भन्दै उनले भने, शान्ति सुरक्षा दिन नसक्ने सरकारले यो गर्‍यो, उ गर्‍यो भन्न मिल्छ ?’

सरकारको पहिलो काम नै शान्ति सुरक्षा दिनु भएको तर, त्यसमा असफल भएको उनले बताए । ‘सरकार नै छैन जस्तो भइरहेको छ’ पूर्वप्रधानमन्त्री देउवाले भने ।

संविधान संशोधनको मुद्दा विर्सिएको, संघीयता कार्यान्वयनमा उदासिता देखाएको, डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन भएको उनको विश्लेषण छ ।

संक्रमणकालीन न्यायमा सघाउन आफ्नो दल तयार रहेको तर तत्कालीन द्वन्द्वरत पक्ष मध्ये एक रहेका प्रचण्डले सम्बोधनका क्रममा एक शब्द नबोलेको भन्दै उनले भने, ‘उहाँलाई नै चिन्ता रहेछ । उच्चारण समेत गरेनन् । द्वन्द्व पीडितहरुलाई जे सुकै होस्, आफू सरकारका पुगेपछि कसैको माया छैन ।’

केपी शर्मा ओलीले नै झुटो प्रचार गरेको र आफ्नो नेतृत्वको सरकारले गरेका कामलाई समेत आफ्नो भनेर प्रचार गरेको भन्दै देउवाले सरकारको आलोचना गरेका छन् ।

सामाजिक सुरक्षा योजना आफ्नो पालामा निर्णय भएको, अमेरिकाको एमसीसी परियोजनामा आफ्नो सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको स्मरण गर्दै उनले भने, ‘आफूले गर्नु नि, अरुले गरेको कामलाई किन भन्ने ?’

‘प्रधानमन्त्रीले नै जनतालाई भ्रम दिन थालेपछि के हुन्छ ?’ उनले अघि भने, ‘सबैले तपाईले गरेको हो भनिदिन्छु, काम त गर्नुस् ।’

कर्मचारीहरुको जायज मागलाई सम्बोधन गर्नुपर्नेमा सरकारले तर्साउन खोजेको भन्दै उनले कर्मचारी संयन्त्र स्थायी सरकार हो भन्ने बुझेको छैन कि के हो भनेर प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment