Comments Add Comment

आफ्नै स्कुल बसले किच्दा ४ बर्षका बालकको मृत्यु

११, पुस, चितवन । चितवनको भरतपुरमा एक मन्टेश्वरीको स्कुल बसले आफ्नै विद्यालय पढ्ने बालकलाई किच्दा उनको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १५ मा रहेको फ्युचर मन्टेश्वरी स्कूलमा अध्ययन गर्ने चार बर्षका अमन अर्याललाई विद्यालयको ना १ क ६८४३ नम्बरको मिनि बसले किचेको थियो ।

बसबाट बालकलाई झारेर बाटो काट्ने क्रममा बसले किचेको चितवन प्रहरीले जनाएको छ । घाइते वालकलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा अस्पताले मृत घोषणा गरेको थियो ।

अमन धादिङ घर भई हाल भरतपुर ५ बस्दै आएका प्रल्हाद अर्यालका छोरा हुन् । बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि, गएको भदौ १८ गते चितवनको पार्वतीपुरमा रहेको सनलाइट बोडिङ स्कुलको वसले आफ्नै विद्यालयकी ६ बर्षिया वालिका सम्झना मिजारलाई किच्दा उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment