Comments Add Comment

सय जनालाई ‘मधेशको हिरो’ घोषणा गरिने

१२ पुस, सप्तरी ।  मधेशका लागि योगदान दिने एक सय जनालाई सम्मान गरिने भएको छ । मधेशभित्रका तथा बाहिर विश्वको कुनै पनि ठाउँबाट मधेशका लागि योगदान दिने सय जनाको खोजी गरी सम्मान गरिने कार्यक्रम सार्वजनिक भएको छ ।

मधेशी पत्रकार समाजको अगुवाईमा ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रम गरिने भएको छ । समाजका अध्यक्ष मोहन सिंहसहितका पदाधिकारीले बिहीबार राजविराजस्थित स्व. गजेन्द्रनारायण सिंहको समाधीस्थलबाट यो कार्यक्रम घोषणा गरेका छन् ।

‘यसका निम्ति हामीले आजैदेखि खोज तथा अनुसन्धान शुरु गरेका छौं’ अध्यक्ष सिंहले भने, ‘त्यस्ता व्यक्तिलाई तथा व्यक्तिलाई चिन्नेले नोमिनेसन दिन पनि आग्रह गर्दछौं ।’

५० जना जतिलाई नोमिनेसनको माध्यमले भोटिङ् गराई तथा ५० जनाको खोजी गरिने उनले बताए ।

बिभिन्न १० विधाका १०/१० जनाको खोजी गरी सम्मान गर्ने लक्ष्य रहेको बताउँदै सिंहले छनौट हुने सय जनालाई माघको अन्तिम साता कार्यक्रम गरेर सम्मान गरिने बताए । उनले आर्थिक, शैक्षिक, कृषि, युवा, सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट मधेशका लागि योगदान दिएकाहरुको छनौट गरी ‘मधेशको हिरो’ संज्ञा दिदैं सम्मान गरिने बताए ।

उनीहरुले गरेको योगदानबाट सिकेर देशलाई अझ राम्रो बनाउनका लागि सबैको ध्यानाकर्षणसमेत गराइने सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment