Comments Add Comment

ट्रकको ठक्करले चितवनमा पत्रकारको मृत्यु

१३ पुस, चितवन । पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ ।

शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो एक बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेलले एपी वान टेलिभिजनका क्यामरा पर्सन रुपमा काम गर्दै आएका थिए ।

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

साइकलयात्रीको मृत्यु

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट शुक्रबार विहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । भरतपुरको वाइपास रोडमा ट्रकले ठक्कर दिदा मृत्यु हुने बारा गढिमाई नगरपालिका ३ मजुरीका १८ बर्षका श्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तनहुँको आबुखैरेनीबाट बीरगञ्ज जाँदै गरेको ना ७ ख १३९४ नम्बरको ट्रकले भरतपुर बाइपास सडकको मालपोत चोक नजिकै भित्री सडकबाट निस्किएको साइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी भरतपुर १० हाकिमचोकमा रहेको एक फर्निचर उद्योगमा काम गर्दै आइरहेका थिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment