Comments Add Comment

बुटवलमा पहिलो पटक सडक खाना महोत्सव

१६ पुस, बुटवल । बुटवलमा पहिलोपटक सडक खाना महोत्सवको आयोजना गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यावसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबारदेखि सडक खाना महोत्सव शुरु गरिएको हो ।

महोत्सवमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकार पकाएर प्रदर्शन र बिक्रीमा राखिएको छ ।

सडक खाना महोत्सवमा नेपाली जातिगत खानबाहेक इण्डियन चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ५० बढी परिकार राखिएको छ ।

सडकमै खाऔं सडकमै नाचौं सडकमै रमाऔं भन्ने मुल नाराका साथ शुरु भएको सडक खाना महोत्सवको एक विशेष समारोहका बीच प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उदघाटन गरे ।

बुटवल उपमहानगरपालिका ९ र ११ अन्तर्गत पर्ने मिलनचोक तीनकुनेदेखि होराइजनचोकसम्मको सडकलाई दुलही जस्तै सिँगारिएको छ । पहिलो दिन दर्शकको बाक्लो उपस्थितिले आयोजक हौसिएका छन् ।

सडक खाना महोत्सवमा यस क्षेत्रका होटलले दिने सेवा सुबिधाहरुको बारेमा जानकारी गराउनुका साथै विभिन्न जातिगत खानपान र जातीय संस्कृति झल्किने भेषभूषाको प्रदर्शन गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।

महोत्सवमा करिब ५० हजार दर्शकहरुले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ । महोत्सव अवधिमा आगन्तुक पाहुनाहरुलाई आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment