Comments Add Comment

नारायणीलाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै मानव साङ्लो

१६ पुस, वीरगञ्ज । वीरगञ्जमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै मानव साङ्लो बनाइएको छ ।

नेकपा, नेपाली कांग्रेस र राजपा नेपालका केही नेताहरुको बिशेष पहलमा मानव साङ्लो बनाइएको हो । दशरथ रंगशालापछि दोस्रो ठूलो रंगशाला भएपनि नारायणी रंगशालालाई उपेक्षा गरेको आरोप उनीहरुको छ ।

प्रदेश २ को सरकारले नारायणीलाई प्रादेशिक रंगशाला नबनाई जनकपुरमा प्रादेशिक रंगशाला बनाउन लागेको भन्दै वीरगञ्जका केही दिनदेखि विरोध भइएरहेको छ ।

मानव साङ्लोमा सहभागीहरुले वीरगंजमा प्रादेशिक रंगशाला नबनाए प्रदेश सरकारविरुद्ध कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राजपाका महासचिव राजेशमान सिंहले प्रदेश सरकारले नारायणी रंगशलालाई उपेक्षा गरेकोले आन्दोलनमा उत्रनु परेको बताए । ‘पहिला मध्यमाञ्चलस्तरीय रंगशालाको रुपमा नारायणी परिचित थियो, अब प्रदेश सरकार आएपछि यसलाई प्रादेशिक रंगशालाको रुपमा विकास गर्नुपर्ने हो । तर भाडामा जग्गा लिएर जनकपुरमा प्रादेशिक रंगशाला बनाउन खोजिएको छ,’ उनले भने, ‘पूर्वाधार मात्रै होईन नारायणीको डीपीआर पनि तयारी अवस्थामा छ । ‘

प्रदेश सरकारको कदमले संघीय सरकारले नारायणीका लागि छुट्याएको ३ अर्ब रुपैयाँ पनि नआउने हो कि भन्ने चिन्तामा आफूहरु परेको उनले सुनाए । पुनः सर्वपक्षीय बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गरिने भएको छ ।

संरक्षणको अभावमा जीर्ण बन्यो रंगशाला

दशरथ रंगशाला पछिको दोस्रोे ठूलो रंगशाला भएपनि उचित संरक्षण र मर्मत संभार नभएका कारण नारायणी रंगशाला जीर्ण अवस्थामा छ ।

१५ हजार दर्शक अटने प्याराफिट भएपनि भत्किएर प्वाल परेको छ । उत्तर र दक्षिण तर्फको प्यारापिटमा मानिसहरु बस्न सक्ने अवस्थाको छैन ।

गतवर्ष विशाल गोल्ड कपमा पूर्व र पश्चिम तर्फको प्यारापिट मात्रै प्रयोगमा ल्याईएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसनलाई नुन गोदामको रूपमा प्रयोग गर्न दिएको कारण प्यारापिट कमजोर भएको बताइन्छ ।

०४२ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङले खेलकुदको बिकासको लागि चन्दा र करहरु संकलन गरी रंगशाला निर्माण गरेका थिए ।

झण्डै १ करोडको लागतमा रंगशाला निर्माण भएको थियो । रंगशालाको जमिन संरक्षणका लागि तारबार र पर्खाल केही पनि लगाईएको छैन् ।

रंगशाला परिसरमा १७ विगाहा १५ कठ्ठा ७ धुर जमीन मध्ये जिल्ला खेलकुद विकास समिति पर्साको नाममा १३ विगाहा ७ कठ्ठा २ धुर जमीन मात्रै छ ।

निर्माण भएदेखि रङ्गशाला दुई तीन पटक मात्रै मर्मत भएको छ । खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुने हुादा संरक्षण गर्नुको सट्टा बजेट सिध्याउने काम मात्रै भएका कारण रंगशालाको अवस्थामा सुधार आउन सकेको छैन ।

रंगशालाको लागि २ अर्ब ६६ करोडको डीपीआर तयार पारिएको भएपनि रकमको अभावमा काम अघि बढ्न सकेको छैन ।

अहिले पर्खाल लगाउनका लागि ७५ लाख बजेट आएको र काम भईरहेको मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment