Comments Add Comment

‘सञ्जुदेखि वधाई हो’सम्म, यी हुन् सर्वाधिक कमाउने १० बलिउड फिल्म

सन् २०१८ आजबाट बिश्वरभरबाट बिदा हुँदैछ । भोलीबाट नयाँ बर्षले प्रवेश पाउनेछ । नयाँ बर्षको ढोकामै आइपुग्दा एकपटक आजबाट बिदा लिदै गरेको बर्षलाई फर्किएर हेर्न आवश्यक छ । विशेषगरि, यो बर्ष बलिउडका लागि सुखद रहन पुग्यो । यो बर्ष बलिउडमा स्टारका चलचित्र भन्दा कथा रुचाइएका चलचित्रले राम्रो कमाई गरे । यो वर्षमा प्रर्दशनमा आएको चलचित्र ’सन्जु’ले सबै भन्दा बढी कमाई गरेको छ । राजकुमार हिरानीको निर्देशनमा बनेको यो चलचित्र नायक संजय दत्तको जीवनीमा आधारित छ । यो चलचित्रमा नायक रणवीर कपुर संजय दत्तको भूमिकामा देखिएका थिए । यो चलचित्रले भारतीय बक्स अफिसमा ३४१ करोडको कलेक्शन गरेको छ ।

त्यस्तै भारतीय बक्स अफिसमा कलेक्सनको दोश्रो नम्बरमा चलचित्र ’पद्मावात’ छ । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्रले ३ सय करोड कमाई गरेको छ । चलचित्रमा रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको मुख्य भूमिका छ ।

रजनिकान्त र अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘२.०’ को हिन्दी भर्सनले पनि राम्रो व्यापार गर्न सफल भयो । १ सय ८८ करोड नेट कलेक्सन गरेको यस चलचित्रलाई एस शंकरको निर्देशन गरेका थिए । समिक्षात्मक रुपमा निकै कमजोर बनेको सलमान खान अभिनित चलचित्र ’रेस ३’ले व्यापार पनि राम्रो रह्यो । तर, लगानी धेरै भएका कारण यो चलचित्र बक्स अफिसमा असफल रहन पुग्यो । यो चलचित्रले १ सय ६९ करोडको व्यापार गर्न सफल भएको छ । रेमो डीसोजाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान सँगै अनिल कपूर, ज्याक्लिन फेरनान्डेजको मुख्य भूमिका छ ।

यो बर्ष धेरै व्यापार गर्ने चलचित्रको पाचौं नम्बरमा अहमद खान निर्देशित चलचित्र ‘बागी २’ छ । जसले भारतीय बक्स अफिसमा १ सय ६५ करोडको व्यापार गर्न सफल भएको छ । चलचित्रमा टाइगर श्राफ, रणदीप हुड्डा, दिशा पाटनी र मनोज वाजपेयीको अभिनय छ ।

अभिताभ बच्चन र आमिर खान स्टारर चलचित्र ’ठग अफ हिन्दुस्तान’ पनि सय करोड बढी कमाइ गर्ने चलचित्रमा पर्छ । समीक्षात्मक रुपमा निकै कमजोर बनेको यस चलचित्रले बक्सअफिसमा सय करोड बढी कमाई गरेको छ । विजयकृष्ण आचार्य निर्देशित यस चलचित्रले १ सय ४५ करोड बढीको कमाई गरेको छ । तर, ३ सय करोडको लगानीमा बनेका कारण यो चलचित्र बक्स अफिसमा असफल हुन पुग्यो ।

जम्मा २९ करोड लगानीमा निर्माण भएको आयुष्मान खुरान अभिनित चलचित्र ’बधाई हो’ले पनि बक्स अफिसमा धुम मच्चाएको छ । यो चलचित्रले १ सय ३६ करोड बढीको कमाई गर्न सफल भएको छ । अमित रविन्द्रनाथ शर्मा निर्देशित चलचित्रको विषयबस्तुलाई धेरैले रुचाएका थिए । अमर कौशिकको निर्देशनमा तयार भएको चलचित्र ’स्त्री’ले पनि बक्सअफिसमा राम्रो कलेक्सन गर्न सक्यो । राजकुमार राव र श्रद्धा कपूर अभिनित यस चलचित्रले १ सय २९ करोडभन्दा बढी कमाई गर्न सफल भएको छ । चलचित्रले समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

आलिया भट्ट अभिनित चलचित्र ‘राजी’ले पनि राम्रो सफलता हात पार्यो । यस चलचित्रले बक्सअफिसमा १ सय २३ करोड माथिको व्यापार गरेको छ । मेघना गुलजार निर्देशित यो चलचित्रमा आलिया जासुसको भूमिका प्रस्तुत भएकी थिइन् । यस चलचित्रमा अलियाको अभिनयको खुबै चर्चा भएको थियो ।

‘सोनू के टिटुकी स्वीटी’ले पनि बक्सअफिसमा राम्रो व्यापार गरेको छ । लभ रञ्जनले निर्देशन गरेको यो चलचित्रले बक्सअफिसमा १०८ करोडभन्दा बढी कमाई गरेको छ । चलचित्रमा कार्तिक आर्यन, नुसरत भरूचा, सनी सिंह लगायतको प्रमुख भूमिका छ ।

संभवत, केहि दिनमै रणवीर सिंह अभिनित चलचित्र ‘सिम्बा’ पनि सय करोडको क्लबमा प्रवेश गर्नेछ । बलिउडमा यो बर्ष बिषयवस्तु राम्रो भएका चलचित्रले राम्रो कमाई गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment