Comments Add Comment

अपि पावरको खुद मुनाफा ८३ प्रतिशतले वृद्धि

१७ पुस, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा ३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको यही त्रैमासको तुलनामा ८३ प्रतिशत बढी हो ।

यसअनुसार कम्पनी अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा विद्युत बिक्रीबाट ४७ प्रतिशत बढी आम्दानी आर्जन गर्न सफल भएको छ ।

अत्तरिया बलाँच १३२ केभी ट्रान्समिसन लाइन सञ्चालनमा आएपछि विद्युत बिक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी रु. १०.७२ र नेटवर्थ प्रतिशेयर रु. १०८.०८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment