Comments Add Comment

थ्रीस्टार र संकटा आज प्रतिस्पर्धा गर्दै, उपविजेता टुंगो लाग्न सक्ने

१८ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेलअघि नै उपाधि जितिसकेको मनाङ मर्स्याङ्दी क्लबले आफ्नो १२औं खेलमा हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

हलचोकस्थित एपीएफको मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा प्रतिस्पर्धा हुने खेलमा मनाङ स्पष्ट जित हात पार्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यमा रहेको छ । मनाङले ११औं खेलसम्म आइपुग्दा हार ब्यहोरेको छैन ।

लिगको शीर्ष स्थानमा रहंदै उपाधि जितिसकेको मनाङको ११औं खेलबाट ३३ अंक बनाएको छ । त्यस्तै, लिगको सातौ स्थानमा रहेको हिमालयन शेर्पाको भने ११औं खेलबाट १७ अंक रहेको छ । हिमालयन शेर्पा मनाङलाई रोक्ने रणनीतिमा छ ।

थ्रीस्टारलाई पराजित गरे संकटा लिगको उपविजेता हुने

त्यस्तै, आजै संकटा क्लब र थ्रीस्टार क्लबबीचमा प्रतिस्पर्धा हुदैछ । आजको खेलले उपविजेता हुनेको सम्भावना पनि प्रबल रहेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार क्लबलाई पराजित गरेमा संकटा उपविजेता बन्नेछ ।

तर संकटा थ्रीस्टारसँग पराजित या बराबरीमा रोकिएमा पनि उपविजेताको टुंगो भने लिगको अन्तिम चरणको खेलबाट हुनेछ । लिगको दोस्रो स्थानमा रहेको संकटाको ११औं खेलबाट २५ अंक छ । लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ११औं खेलबाट २३ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment