Comments Add Comment

एउटै फ्रेममा राजेश, विराज, निखिल र रमित

बलिउडमा पुराना कलाकारहरु एकसाथ पर्दामा देखिन थालेका छन् । एकले अर्काको चलचित्रमा केमियो भूमिका मात्र भएपनि गर्ने चलन पनि बढेको छ । नेपालमा भने चलेका सुपरस्टारहरुलाई एउटै पर्दामा उतार्न सजिलो छैन । झन्, अहिलेका नयाँ पुस्ताका कलाकारलाई त एउटै पर्दामा त के एउटै कार्यक्रममा निम्त्याउन पनि आयोजकलाई धौ–धौ पर्छ ।

नेपाली चलचित्रमा केही बर्ष अघिसम्म नायक राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीको दबदबा थियो । नायक रमित ढुंगानाको क्रेज पनि कम थिएन । तर, अहिले यी चारै जना नायकको स्टारडम कमजोर बनिसकेको छ । किनकी, दर्शकले चलचित्रको स्वाद मात्र फेरेका छैनन्, चलचित्रमा काम गर्ने अनुहार पनि फेरेका छन् ।

तर, यी चारै जना कलाकारलाई एउटै पर्दामा उतार्दा के होला ? त्यो बारेमा कुनै न कुनै निर्माताले पक्कै पनि सोच्लान् । तर, यी चार जना सुपरस्टारहरु एउटै फ्रेममा भने लामो समयपछि देखिएका छन् । नायक राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, रमित ढुंगानाको नेपालगञ्ज विमानस्थलमा भेट भएको छ । भेटमा एकसाथ तस्बिर खिचाउँदै उनीहरुले आफूहरु नहराएको संकेत दिन खोजेका छन् । विराजले राजेशलाई आफ्नो सम्मानित दाई भनेका छन् भने निखिल र रमितलाई साथी भनेका छन् ।

यी चारै जना कलाकार चलचित्रमा कुनै न कुनै रुपमा जोडिएका थिए । राजेश, निखिल र विराज त एकसाथ केही चलचित्रमा पनि देखिएका छन् । निखिल र विराजविच स्टारडमको लडाई थियो पनि भनिन्छ । निखिल चलचित्र क्षेत्रमा कमब्याक भएपछि विराजले पनि आफूलाई कमब्याक गराइदिन भन्दै केही निर्माताको ढोकासम्म पुगेको खबर केही समय अगाडि तातो बनेको थियो ।

अब, यी चारै जना नायकलाई लिएर कुनै निर्माताले चलचित्र बनाउने आँट गरे भने त्यो चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment