Comments Add Comment

हरेक दिन गधाको दुधले नुहाउने रानी

मान्छेले पानीले नुहाउनु त सामान्य भयो । कतिपय धर्मात्माहरुले गाईको दुधले पनि नुहाउँछन् । तर यो दुनियाँको इतिहासमा एकजना यस्ती रानी थिइन् जसले गधाको दुधले नुहाउँथिन् ।

जसका लागि उनले हरेक दिन ७ जना वटा गधाको दुध मगाउँथिन् । आखिर उनी किन यसो गर्थिन् ? यसको ठूलो रहस्य छ । जसका बारेमा थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ ।

उनी हुन् प्राचीन मिश्रकी रानी क्लियोपेट्रा । उनले ईशापूर्व ५१ देखि ३१ सम्म मिश्रमा शासन गरेकी थिइन् । उनी त्यसबेला विश्वकी सबैभन्दा धनी तथा सुन्दर महिना मानिन्थिन् । साथै उनी इतिहासकी सबैभन्दा रहस्यमय महिलाको रुपमा पनि चिनिन्छिन् ।

क्लियोपेट्रा यति सुन्दर थिइन् कि उनले विभिन्न राजाहरु तथा सैनिकहरुलाई आफ्नो सुन्दरताको वशमा फसाएर काम लिन्थिन् । उनले सयौं पुरुषसँग शारीरिक सम्बन्ध राखेको बताइन्छ । उनी विश्वका ५ भाषाकी ज्ञाता पनि थिइन् ।

सुन्दरतामा निखार ल्याउनका लागि उनले हरेक दिन गधाको दुधले नुहाउँथिन् । यसका लागि उनले ७ सयवटा गधाको दुध मगाउँथिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment