Comments Add Comment

एक्सनले भरिएको ‘प्रेमनाथ’

चलचित्र ‘प्रेमनाथ’को फस्टलुक र ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा एक्सनले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । तीन मिनेट लामो चलचित्रको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सलाई देखाइएको छ ।

२५ सय बर्ष अगाडिको प्रेमकथा भनिएको यो चलचित्रलाई गणेश बेलवासेले निर्देशन गरेका हुन् । चलचित्रमा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राइ लगायतको अभिनय छ ।

चैत्र २२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रबाट कृती गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । काठमाण्डौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा खिचिएको यो चलचित्रका निर्माता गुहेश्वरी बेलबासे हुन् । कपिलप्रसाद द्धा कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा बसन्तराज भट्ट र मिलन राई छन् ।

चलचित्रमा अहिलेसम्म नेपाली चलचित्रमा नदेखाइएको प्रेमको कथालाई देखाइको निर्देशकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment