Comments Add Comment

न्युजिल्यान्डसँग श्रीलंका पराजित

१९ पुस, काठमाडौं । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डसँग श्रीलंका पराजित भएको छ ।

बाय ओभलमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ४५ रनले पराजित गरेको हो । ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभर सकिन ६ बल बाँकी छदा सबै विकेटको क्षतिमा ३२६ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकाका लागि कुशल परेराले शतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ८६ बलमा १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, निरोशान डिक्वेल्लाले ७६ रन बनाएका थिए । उनले ५० बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै, श्रीलंकाका लागि दनुस्का गुनथिलकाले ४३ रन बनाएका थिए । श्रीलंकाले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि निरोशान र दनुस्काले ११९ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका जितमा जेम्स निशामले अलराउण्डर प्रदर्शन गरे । उनले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले १३८ रन बनाए । उनले १३९ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै, कप्तान केन विलियम्सनले ७६, रोस टायलरले ५४ रन बनाए । त्यस्तै, आक्रमक ब्याटिङ गरेका जेम्स निशामले मात्र १३ बलमा अविजित ४७ रन बनाए । उनले ६ छक्का प्रहार गरेका थिए ।

तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा न्यूजील्यान्डले १–० ले अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment