Comments Add Comment

पल, बर्षा र नाजिरको ‘पिरतीको मिठो तिर्सना’

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वीर बिक्रम २’मा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौमा एक कार्यक्रम गर्दै चलचित्रको उक्त गीत सार्वजनिक गरिएको हो । दशक अगाडि निर्माण भएको चलचित्र ‘देउता’को उक्त गीतलाई रिमेक गरी ‘वीर बिक्रम २’मा राखिएको हो ।

मुस्ताङमा खिचिएको यस गीतको नयाँ भर्सन भिडियोमा नायक पल शाह, नाजिर हुसेन र नायिका वर्षा सिवाकोटीले नृत्य गरेका छन् । भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन छ । दशक पहिलाको चलचित्र ‘देउता’मा समावेश उक्त गीतको भिडियोमा नायक राजेश हमाल र नायिका सृजना बस्नेतको नृत्य देख्न सकिन्छ ।

कुशुम गजमेर र तुलसी घिमिरेको शब्द समावेश उक्त गीतमा रंजित गजमेरको संगीत छ । गीतमा इन्द्रजित मिजार र भारती घिमिरेले स्वर दिएका थिए भने नयाँ भर्सनको गीतमा मेलिना राई र ताराप्रकाश लिम्बुको स्वर सुन्न सकिन्छ ।
बलिउडमा रिमेकको चलन खुबै चलिरहेको छ । बलिउडमा रिमेक गरिएका गीतहरु राम्रा र सफल पनि भएका छन् ।

नेपाली चलचित्रका गीतहरु पनि रिमेक हुन, सुरु भएका छन् । ‘वीर विक्रम २’मा समावेश रिमेक गीतमा दर्शकले अपेक्षा गरेको भन्दा फरकपना पाउँछन् । मुस्ताङको लोकेशनमा खिचिएको भिडियोमा कोरस धेरै राख्नाले मुख्य कलाकारहरु कमै मात्र फोकस छन् । राजेश र सृजनाको उक्त नृत्य हेरेका दर्शकले यस भिडियोमा कलाकारको नृत्य उर्जा पाउँदैनन् ।

‘चाम्स इन्टरटेन्टमेन्ट’ र ’लण्डन सिने आइ’को संयुक्त व्यानरमा निर्माण भएको ’वीर बिक्रम २’मा निर्देशक चाम्सकै लगानी छ । प्रदीप भारद्वाजले लेखेको यस चलचित्रमा सुदिप बरालको छायांकन छ । चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् भने बनिष शाह चलचित्रका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment