Comments Add Comment

प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा, लोकसेवा विधेयक स्वीकृत

२० पुस, जनकपुर । प्रदेश २ सरकारले माघ १ र ५ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश २ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मकर संक्रान्ति (माघी) तथा माघ ४ गतेको बलिदानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अघिल्ला वर्षहरुमा सरकारले माघ १ गते सार्वजनिक बिदा दिने गरिएको भए पनि यस वर्षबाट कटौती गरेको छ । बलिदानी दिवस स्वतः स्फुर्त मनाइने गरेको भए उक्त दिन भने बिदा दिने गरिएको थिएन । तर, प्रदेश २ सरकारले यसपटक माघीसँगै बलिदानी दिवसका दिन पनि बिदा दिने निर्णय गरेको छ ।

यसैबीच, बिहीबारकै मन्त्रिपरिषद् बैठकले लोकसेवा विधेयक स्वीकृत गर्दै प्रदेशसभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो चुलिरहेका बेला प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment