+
+

मेलम्चीको ठेकेदार कम्पनीका सीईओसहितको टोली नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २० गते १२:५८

२० पुस, काठमाडौं । मेलम्ची आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसीको उच्चस्तरीय टोली नेपाल आउने भएको छ । वित्तीय संकटमा फसेपछि काम छोडेर हिँडेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली सोमबार नेपाल आउन लागेको हो ।

मेलम्ची खानेपानी आयोजनाले छलफलका लागि सीएमसीको उच्च तहका अधिकारीलाई काठमाडौं बोलाएको थियो । त्यसअनुरुप सीएमसीले सीईओ पोर्सेलीको नेतृत्वमा टोली नेपाल आउन लागेको जानकारी आफूले ठेक्का लिएका आयोजनाहरुलाई गराएको छ ।

सीएमसीको टोलीसँग छलफल गरेर मेलम्ची आयोजना अब कसरी अघि बढाउने भने टुंगो लगाउने योजना छ । हाल मेलम्मची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ ।
सीएमसीका अधिकारीहरु सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका छन् । उनीहरु फर्किने हुन् वा हैनन् भन्न्ेमा सरकार हालसम्म विश्वस्त थिएन । तर, अब सीएमसीको उच्च् अधिकारी काठमाडौं आउने भएपछि सरकारलाई थोरै भएपनि राहत मिलेको छ ।

सरकारले भुक्तानी गर्न बाँकी रकम र भेरियसनबापत थप दावी गरिएको रकम दिए काम गर्ने शर्त सीएमसीले अघि सार्न सक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।
अब सरकारले सीएमसीलाई कुन रुपमा मनाएर काममा पुनः लगाउन सकिन्छ भन्नेबारे आन्तरिक छलफल पनि गरिरहेको छ । उसले गरेका थप दावीबारे अर्बिटेशन कोर्टमा मुद्दा विचाराधीन छ ।

हाल सीएमसीका नेपाली उपठेकेदारहरु पनि आफ्नै सबै रकम भुक्तानी नभएसम्म काममा नफर्किने अडानमा छन् । सीएमसीले उप ठेकेदारहरुलाई मनाएर काममा पठाउन सरकारसाग ठूलो रकम दावी गर्न सक्ने आयोजनाका अधिकारीहरुको आँकलन छ ।

मलेम्चीको पानी काठमाडौंमा ल्याउने गरी सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको अवस्थामा काम गर्न पैसा नभएको भन्दै ठेकेदार कम्पनीले साइट छाडेको थियो ।
सरकारले धरौटी रकम रोक्का गरेपछि अदालत पुगेपनि अदालतबाट सरकारलाई धारैटी जफत गर्न बाटो खुलिसकेको छ ।

यो अवस्थामा अब सीएमसीले सरकारसाग नयाँ सहमति गरेर काम थाल्नेमा खानेपानी मन्त्रालयका अधिकारीहरु आशावादी छन् ।

मलेम्चीले तनहुँ जलविद्युत आयोजनामा पनि ठेक्का पाएको छ । मेलम्चीकै ठेक्का अपुरो छोडेर कम्पनी हिँडेपनि तनहुँ हाइड्रोपावर कम्पनी पनि अन्योलमा फसेको छ ।
यस्तो अवस्थामा सएएमसीका सीईओसहितको टोली नेपाल आउने भएपछि अन्योल हटाउन सहयोग पुग्ने विश्वासमा अधिकारीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?