Comments Add Comment

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित

काठमाण्डौ । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित हुनुभएको छ । बिहीबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल, कोषाध्यक्षमा सूर्य रेमिटका संजय सिग्देल, सचिवमा आइपे रेमिटका इन्द्र शर्मा निर्वाचित भएका छन् ।

सदस्यहरुमा हिमाल रेमिटका युमा श्रेष्ठ, युनाइटेड रेमिटका प्रविन अधिकारी र इजिलिंकका दीपेन्द्र खनाल निर्वाचित भएका छन् ।

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आˆनो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सबै रेमिटेन्स कम्पनीहरू संगठित भई आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment