Comments Add Comment

‘हृदयभरी’मा रेखा र श्रद्धासँग पलको रोमान्स

भोली औपचारिक घोषणा हुन लागेको चलचित्र ‘हृदयभरी’का लागि नायक पल शाहले २ नायिकासँग रोमान्स गर्ने भएका छन् । सुरज सुब्बा नाल्बोको निर्देशनमा तयार हुन लागेको चलचित्रका लागि पलले दुई नयाँ नायिकासँग रोमान्स गर्न लागेका हुन् ।

यो चलचित्रमा नव–नायिका श्रद्धा क्षेत्रीसँग पलले काम गर्ने पक्का भएको छ । यस्तै, अर्की नायिकाको रुपमा भने रेखा लिम्बुले काम गर्दैछिन् । नायक पल शाहले यो चलचित्रका लागि महंगो रकम लिएको चर्चा चलेको थियो । श्रद्धा भारतको कोलकत्तामा बसेर मोडलिङ गर्दै आएकी छिन् । निर्माणपक्षले नायिकाको आवश्यकता परेको खबर सार्वजनिक गरेपछि श्रद्धा र रेखा जोडिन आइपुगेको वुझिएको छ ।

पल शाहले चलचित्र क्षेत्रमा प्राय चल्तीका नायिकासँग काम गर्दै आएका छन् । यसपटक भने उनले २ नायिकासँग रोमान्स गर्दैछन् । यो चलचित्रको घोषणा कार्यक्रममा सहभागी हुन श्रद्धा नेपाल आइसकेकी छिन् । शाह प्रोडक्शनको ब्यानरमा यो चलचित्र निर्माण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment