२४ पुस, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सुधार देखिएको छ । अघिल्लो साताभरी नै ओरालो लागेको सेयर बजार यस साताको पहिलो दिन आइतबार पनि ७ अंकले घटेको थियो ।
सोमबार भने सेयर बजार ६ दशमलव ६७ अंकले बढेर नेप्से परीसूचक १ हजार १ सय ७७ दशमलव ४६ को बिन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचकमा वृद्धि भए पनि सेयर कारोबार रकममा भने गिरावट आएको छ । दिनभर भएका ३ हजार ९३ कारोबारबाट विभिन्न कम्पनीका ९ लाख १४ हजार २ सय ३९ कित्ता सेयर किनबेच भएका छन् ।
जस अनुसार कारोबार रकम ३० करोड १९ लाख ८७ हजार ६ सय १६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम आइतबारको भन्दा करिब १ करोड रुपैयाँ कम हो । आइतबार ३१ करोड ३ लाख १४ हजार २ सय २२ रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा नेपाल बैंक पहिलो नम्बरमा देखिएको छ । नेपाल बैंकको सोमबार ८ करोड ५९ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया 4