Comments Add Comment

चिसोमा ख्याल राख्नुहोस् है, नभए हुनसक्छ गम्भीर समस्या

काठमाडौको चिसो उत्कर्षमा छ । चिसोकै कारण रुघाखोकी, दम, निमोनिया लगायतका स्वास्थ्य सम्बन्धी समस्या देखापरिरहेको छ ।

चिसोबाट बच्ने केही प्राकृतिक कायदा छन् । न्यानो लुगा लगाउने, शारीरिक श्रम गर्ने, व्यायम गर्ने, तात्तातो खानेकुरा खाने । तर, यतिले मात्र काफी छ त ?

जबकी हामीले नियमित रुपमा अपनाउने यस्ता सावधानी नै कयौ पटक स्वास्थ्य सम्बन्धि समस्याको कारक बन्ने गर्छ ।

-जाडोमा चिसोबाट बच्नका लागि हामी प्राय, हात गोडा ढाकेर राख्ने गर्दछौ । जबकी यस्ता गतिविधीले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ । हातगोडा लगगायत शरीरका प्रत्येक अंगलाई रात दिन ढाकेर राख्दा शरीरमा अत्याधिक गर्मी पैदा हुन्छ । परिणामस्वरुप, वाकवाकी लाग्ने लगायतको विभिन्न समस्या निम्तिन सक्छ ।

-मौसम चिसो भएका कारण यो समयमा मानिसहरुले खासै पानी पिउँदैनन् । पिए पनि कम  न्युन मात्रामा पिउँछन् । जाडोमा प्यास कम लाग्ने भएकाले पनि मानिसहरुले यो समयमा कम पानी पिउँछन् । जबकी शरीरमा तरलता कायम राख्न तथा शरीरलाई सकि्रय राख्नका लागि पनि पानी पिउन जरुरी छ । त्यसबाहेक, पाचन प्रकि्रयाका लागि पनि पानीको सेवन जरुरी छ ।

-चिसो मौसममा मानिसहरु खानेकुरा प्राय तात्तातो खाने गर्छन् । जाडोमा नियमित रुपमा तात्तातो चिया तथा कफिको सेवन गर्नाले अन्ननलीमा समस्या पैदा हुन्छ तात्तातो हलुवा, परौठा लगायतका मसलायुक्त खानेकुराको नियमित सेवनले वजन बढ्ने गर्छ । साथै, शरीरमा कोलेस्ट्रोलको मात्रा बढेर उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न समस्या समेत निम्तिन सक्छ ।

-चिसो मौसममा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तिने गर्छ । त्यसमध्य छाला सम्बन्धि समस्या पनि एक हो । चिसो मौसममा सुख्खा वायुका कारण धेरैलाई छाला सुख्खा हुने समस्या हुने गर्दछ ।

यस समस्याबाट बच्नका लागि धेरैले छालामा चिल्लो क्रिम तथा तेल लगाउने गर्दछन् । जबकी यस्ता क्रिम तथा तेलको प्रयोगले छालामा धुलोमाटो टासिनुका साथै किटाणुको संक्रमण पनि धेरै हुने गर्दछ । -हिजोआज विवाह, ब्रतवन्ध लगायतमा हुने विभिन्न पाटी तथा भोजहरुमा आइसकि्रम राखिने गरिन्छ ।

चिसोमा आइसकि्रम खाने धेरैको सोख हुन्छ । चिसोमा आइसकि्रमको सेवनले रुघाखोकी ठिक हुन्छ भन्ने धेरैको मान्यता छ । जबकी  चिसोमा आइसकि्रम खानाले घाँटीको संक्रमण हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment