नेपाली चलचित्रमा अहिले नयाँ अनुहार धेरै देखिनु नौलो कुरा होइन । चलचित्रमा नयाँ अनुहार किन लिइन्छ भनेर बहस गर्न सकिएला । तर, नयाँ अनुहार आउनु आफैमा सुखद कुरा पनि हो । माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सय कडा दश’बाट नेपाली चलचित्र क्षेत्रमा करुणा श्रेष्ठ भित्रिदैछिन् । यो चलचित्रमा उनी प्रेमिकाको भूमिकामा छिन् ।
करुणा आफ्नो पहिलो चलचित्र भएकाले पनि आफूले शतप्रतिशत काम गरेको बताउँछिन् । मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना जस्ता कलाकारसँग काम गर्न पाउँदा आफूले धेरै कुरा सिकेको उनी सुनाउँछिन् ।
उनले, आफूले आत्मविश्वासका साथ यो क्षेत्रमा आएको बताइन् । यसैले सकारात्मक कुरा लिएर नै अगाडि बढ्ने उनको भनाई छ ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4