Comments Add Comment

छाउगोठमा आगलागी हुँदा बाजुरामा दुई छोरासहित आमाको मृत्यु

२५ पुस, कैलाली । बाजुरामा छाउगोठ आगलागी हुँदा तीन आमाछोराको मृत्यु भएको छ ।

बुढीनन्दा नगरपालिका-९ अंगपानी भुपेचौरमा आगलागी परी सोही ठाउँकी ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा सुरेश बोहरा (९ वर्ष) र रमित बोहरा (७ वर्ष) को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले घटनाको पुष्टि गर्दै के कति कारणले आगलागी भएको हो त्यसको अनुन्धान भइरहेको बताए । बाजुराको कोल्टीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

अम्बाका श्रीमान रोजगारीको सिसिलामा भारतमा रहको प्रहरीले जानकारी दिएको छ । जाडो बढेका कारण आगो बालेर सुतेको अवस्थामा आगलागीको हुनसक्ने प्रहरीको अनुमान छ ।

बाजुरा सदरमुकामबाट करिब ८ घण्टाको पैदल दुरीमा घटनास्थल रहेको छ । हिउँ परेका कारण मोटरसाइकलसमेत चलाउन नसक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक भाटले टेलिफोनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment