Comments Add Comment

अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी डेढ करोड ठगी गर्ने युवक पक्राउ

२५ पुस, काठमाडौं । अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकोछ ।

मंगलबार पक्राउ परेका पाल्पा रिब्दीकोट गाउँपालिका ३ का निश्चल भन्ने  गणेश ढकालले २५/३० जना मानिसलाई अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी १ करोड ५० लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनले पुतलीसडकमा गेट्स (GETS) नामक कन्सल्टेन्सी खोलेर भक्तपुर सूर्यविनायक बस्ने आभास खनाललाई क्यानडा पठाइदिन्छु भनेर ७ लाख रुपैयाँ दिएका थिए ।

तर उनले क्यानडा नपठाई बाउन्स चेक दिई कन्सल्टेन्सीसमेत बन्द गरेर फरार भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।

ढकालले आफूले रकम लिएका सबैलाई बाउन्स चेक दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment