Comments Add Comment

सहसचिव तथा यातायात विभागका पूर्वमहानिर्देशक श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा

२५ पुस, काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध अकुत आर्जनको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले आयोगले विशेष अदालतमा उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनले यातायात व्यवस्था विभागमा कार्यरत रहँदा स्मार्ट लाइसेन्सर इम्बोस्ड नम्बर प्लेटको छपाइ गर्ने प्रयोजन भएको ठेक्कामा ठूलो रकम अनियमितता गरेको आरोप यसअघि नै लागेको थियो । उनको कार्यकालमा विभागबाटै लाइसेन्सको गैरकानुनी धन्दा मौलाएको थियो ।

श्रेष्ठविरुद्ध अख्तियारले १ करोड ३४ लाख रुपैयाँ बिगो दावी गरेको छ । उनले यातायात विभागमा कार्यरत रहँदा पदको दरुपयोग गरेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ ।

श्रेष्ठले सार्वजनिक पदमा बहाल रहँदा पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको दावी अख्तियारको छ । २८ माघ ०३८ मा सरकारी सेवामा प्रवेश गरेपछि श्रेष्ठले २ करोड १० लाख रुपैयाँ कामएको देखिएको छ ।

तर, यसमा अवेध आयको हिस्सा १ करोड ३४ लाख ५७६ रुपैयाँ बढी रहेको दावी अख्तियारको आरोपपत्रमा गरिएको छ । श्रेष्ठले यस्तो सम्पत्ति परिवारको परिवारको नाममा पनि राखेको भेटिएको छ । कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने पुष्टी हुन नसकेको अख्तियारका प्रवक्ता मदन कोइरालाले बताए ।

मुद्दामा उनी श्रीमति जमुना तन्डुकार र नवलपरासी स्वँठीकी भगवती योगीलाई पनि प्रतिवादी बनाइएको छ । श्रेष्ठको अवैध सम्पत्ति उनीहरुको नममा राख्ने गरेको अख्तियारले जनाएको छ ।

श्रेष्ठले अवैध रुपमा चल अचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, सेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातमा समेत ३ करोड ४४ लाख ७७ हजार ५८० रुपैयाँ खर्च गरेको भेटिएको छ ।

अवैध सम्पत्ति जफत गरेर उनीलाई कैद साजय गर्न आरोपपत्रमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment