Comments Add Comment

काभ्रेमा एक सातामा ९ विरुद्ध लागु औषधको मुद्दा

२६ पुस, काभ्रे । पछिल्लो एक सातामा काभ्रेका विभिन्न स्थानबाट प्रहरीले ९ जना नाइट्रोभेटटेन कारोबारमा संलग्नलाइ पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरुका साथबाट प्रहरीले ३ हजार २ सय दश चक्की अवैद्य लागु औषध नाइट्रोभेटटेन बरामद गर्‍यो ।

गत शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै विभिन्न स्थानबाट नाइट्रोभेटटेन कारोबारमा संलग्न आरोपहरु सार्वाजनिक गर्दै लागु औषधका रुपमा प्रयोग हुने नाइट्रोभेटटेन नेपालमा अवैध चक्की पछिल्लो समय स्कुले बालबालिकादेखि किशोर अवस्थाका विद्यार्थीहरु रहेको तथ्य सार्वजनिक गरेको थियो ।

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीका सरोजकुमार मेहता, सुनसरीकै मनोजकुमार मेहता, काभ्रे बनेपाका सविन हुमागाई, महोत्तरीका लालबाबु मण्डल, अजय शाह, मोरङका देबकुमार राजवंशी, प्रसिल थापा, तनहुँका उत्तम कार्की र खोटाङका आशिष थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

भारतबाट ल्याइन्छ नाइट्रोभेटटेन

नेपालमा नाइट्रोभेटटेनको प्रयोग गर्न अवैध मानिन्छ । प्रयोगकर्ताहरुले छिमेकी देश भारतबाट ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताए । उनले भने ‘वीपी राजमार्गबाट काठमाडौ र आसपासका जिल्लामा भ्यिाउन सहज भएपछि काभ्रे कारोबारीहरुले काभ्रेको रुट, स्थान छनोट गरेका हुन् ।’

नेपालमा पूर्णरुपमा प्रतिबन्धीत रहेकाले यसमा कारोबार गर्नेहरुको गिरोह ठूलो रहेको प्रहरीको भनाइ छ । ‘हामी नजिक पुगेका छौं, एकसातामा ९ जना कारोबारीलाई पक्राउ गरेका छौं ।’

प्रहरीले बीपी र अरनिको राजमार्गमा विशेष चेकजाँच गरिरहेको छ । प्रहरीका अनुसार प्रयोगकर्ताले एक चक्कीको १ सय देखि १ हजारसम्म खर्च गरेर खरिद गर्न गरेका छन् ।

७ महिनामा १० मुद्दा १८ अभियुक्त

काभ्रे जिल्लामा ७ महिनाको अन्तरालमा मात्रै १० वटा लागु औषधसम्बन्धी मुद्दा चलेको छ । जसमा इलाका प्रहरी कार्यालय बनेपाले ८ वटा मुद्दा चलाएकोमध्ये ६ जना १८ देखि २४ वर्ष उम्मेरका रहेका छन् । जिल्ला प्रहरीले चलाएको मुद्दामा पनि २ जना किशोर अवस्थाका छन् । लागुऔषध प्रयोग कर्ताहरुले नेट्रोभेटनेट, गाजा, यामपुल, नाइट्रोसन ट्यावलेट, सिजिन्ज जस्ता लागु औषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

राजधानीका लागुऔषध प्रयोगकर्ताका लागि सुरक्षित र एकान्त तथा नजिक भएकाले काभ्रेको धुलिखेल, बनेपा र नगरकोट जस्ता ठाउँमा कारोबारीले विद्यार्थीहरुलाई प्रयोग गर्ने र फसाउने गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताए ।

उनले भने ‘स्कुलले विद्यार्थीदेखि कलेका विद्यार्थीहरुलाई यसको लतमा फसाउने गिरोह नै सक्रिय रहेको छ, हामीले एउटा गिरोहलाई नियन्त्रणमा लिएका छौं ।’ नाइट्रोभेनेटको नसाले प्रयोगकर्तालाई लठ्ठ पार्ने, एकोहोरो बनाउने, जस्ता नसा दिने गरेको उनीहरुको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment