Comments Add Comment

तेमालमा १२ करोड लागतमा तामाङ संग्रहालय बन्ने

२६, पुस, काभ्रे । तामाङ जातिको उद्गमस्थल मानिने काभ्रेको तेमालमा तामाङ सामुदायको प्रतिनिधित्व हुने गरी संग्रहालय बन्ने भएको छ ।

तेमाल गाउँपालिका–७ स्थित चापाखोरीको सिङन्हानगाङमा तामाङ समुदायको पहिचान झल्कने गरी करिब १२ करोड लगानीमा संग्रहालय बन्न लागेको हो ।

जन्मदेखि मृत्युसम्ममा तामाङ समुदायमा हुने रितिरिवाज परम्परा, संस्कार र धार्मिक महत्व झल्कने गरी संग्रहालय बनाउन स्थान छनोट गरिसकिएको सांसद गंगाबहादुर दोङले बताए ।

तेमालमा निमार्ण हुने संंग्रहालय समिति निमार्ण गरी छिट्टै काम अगाडि बढाउने तयारी भएको प्रदेश सांसद रत्न ढकालले बताए । तेमालमा पिकनिक स्पट, डन्फु पार्क, गुम्बा र भ्यूटावरसमेत निमार्णको कार्ययोजना अगाडि बढेपछि तामाङ समुदाय खुशी भएका छन् ।

यस योजनाका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले समेत तेमालमा संग्राहालय निमार्णका लागि ५० लाख विनियोजन गरेको छ । विद्यार्थी नेता जेनिश लामा तामाङ संग्रहालय बनेपछि तेमाल पर्यटकीय केन्द्र बन्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment